शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिजीत बनर्जी : गरिबी र असामनताबारेको सोचले नोबेल दिलायो

मङ्गलबार, २८ असोज २०७६, ११ : ४५
मङ्गलबार, २८ असोज २०७६

एजेन्सी । भनिन्छ, विहानले दिनलाई संकेत गर्छ । यो भनाइ यस वर्ष अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने अभिजीत बनर्जीको हकमा पनि लागु हुन्छ । उनी प्रद्यापक अमत्र्य सेनपछि अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने दोस्रो भारतीय हुन् ।

कोलकाताको प्रतिष्ठित साउथ प्वाइन्ट स्कूलमा पढाइको दौरान अभिजीत आफ्नो घर नजिक बनेको बस्तीका बच्चासँग खेल्थे । तर उनीसँग खेल्ने अधिकांश बालबालिकाहरु गरिबीको कारण विद्यालय जान पाउँदैनथे । यो देखेर अभिजीतलाई नराम्रो लाग्ने गथ्र्यो । योबारेमा उनी आफ्नो अभिभावकसँग पनि कुरा गर्थे ।

ती बच्चाको अवस्थाले अभिजीतको बाल मस्तिष्कमा कयैन सवाल जन्माइदिन्थ्यो । शायद त्यो प्रश्नको जवाफ खोज्ने बैचेनीले अभिजीतलाई नोबेलसम्म पु-यायो । हाल कोलकातामा बसिरहेकी अभिजीतकी आमा निर्मला बनर्जी आफै अर्थशास्त्रकी अवकासप्राप्त प्रद्यापक हुन् ।

नोबेल पुरस्कार जितेपछि आफ्नो छोराबारे बोल्दै भनेकी छन्, ‘अभिजीतले यो वर्ष नोबेल पुरस्कार जित्ला भन्ने मैले कल्पना गरेको थिइनँ । पुरस्कार घोषणा भएको दिन दिउँसो कान्छो छोराले फोन गरेर टीभी खोल्न भन्यो । त्यसपछि मैले पुरस्कारबारे थाहा पाएँ ।’

निर्मला अभिजीतको बाल्यकाल स्मरण गर्दै भन्छिन्, ‘अभिजीत विद्यालयमा पढ्दा हामी जुन घरमा वस्थ्यौँ त्यसको छेउमा एक वस्ती थियो । अभिजीत त्यहाँको बच्चासँग खेल्न जान्थ्यो । फर्केर हामीसँग तिनको आर्थिक–समाजिक स्थितिबारेमा कयैन प्रश्न सोधिरहन्थ्यो ।’

पहिलो भौतिकशास्त्र पढ्न चाहन्थे

अहिले अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने अभिजीत कुनै समय भौतिकशास्त्र पढ्न चाहन्थे । तर भौतिकशास्त्रको लागि प्रयोगशालामा स–सानो प्रयोगमा संलग्न हुनुपर्ने कुरा मन नपरेपछि उनले तथ्याकंशास्त्र पढ्ने फैसला गरे । यसको लागि उनले एक कलेजमा भर्ना पनि गरेका थिए । तर घरबाट कलेज निक्कै टाढा परेको र दिनको धेरै समयमा त्यसमा खेर गएपछि उनले नजिकको प्रसिडेन्सी कलेजमा अर्थशास्त्रको पढ्न थालेका थिए । त्यसपछि उनले कहिले पनि फर्केर हेर्नु परेन ।

आमा बुबा दुवै अर्थशास्त्रका प्रद्यापक

अभिजीतको घर आफैमा अर्थशास्त्रमय थियो । उनका आमा–बुवा दुवै अर्थशास्त्रका प्रद्यापक थिए । अभिजीतका पिता उनले पढ्न थालेको प्रेसिडेन्सी कलेजमै पढाउँथे । पछि उनी अर्थशास्त्र विभागको प्रमुख पनि भए ।

त्यसो भए के अभिजीतले अभिभावकको दवावले अर्थशास्त्र पढ्न थालेका थिए त ?

सञ्चारमाध्यमको यस प्रश्नमा निर्मालाले भनिन्, ‘हामीले कहिले पनि उसमाथि आफ्नो इच्छा थोपरेनौँ । उसले आफूलाई उचित लागेको काम गर्यो ।’

प्रेसिडेन्सी कलेजमा अभिजीतको शिक्षक रहेको शैवाल सम्झछन्, ‘अभिजीत आफ्नो कक्षामा निक्कै ध्यान दिन्थे । अर्थशास्त्रमा उनको बुझाइ अन्य छात्रभन्दा राम्रो थियो ।’

त्यस्तै अर्का चर्चित भारतीय अर्थशास्त्र र अभिजीतका पिताका मित्र अजिताभ राय चौधरी सम्झछन् ,‘अभिजीत मेरो अघि नै हुर्किएको हो । ऊ शुरुदेखिनै गरिबी र समाजमा कायम असामनताबारेमा सोचेर बस्थे । उनको यही सोचले नै उनलाई आजको सफलतामा पु¥याएको हो । ’

अभिजीत सन् १९८१ मा स्नातक सकाएर जवाहरलाल नेहरु विश्वविद्यालय पढन् गए र त्यहाँको पढाइ सकेर विद्यावारिधीको लागि उनी अमेरिका गएका थिए ।

हाल एमआईटीमा अध्यापनरत अभिजीतले सन् २०१७ मा अमेरिकाको नागरिकता लिएका थिए ।

अभिजीतले सफलताका बावजुद व्यक्तिगत जीवनमा हण्डर पनि खाएका छन् । उनको पहिलो पत्नी अरुन्धती तुली बनर्जीसँग सम्बन्ध विच्छेद भयो र पछि दम्पत्तिको एक मात्र सन्तानको असामयिक निधन भयो । तर यी ठक्करका बावजुद उनी आफ्नो अध्ययनबाट डगमगाएनन् र आजको अवस्थामा आइपुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप