काँग्रेस सांसद आलमलाई म्याद थप गरियो
मङ्गलबार, २८ असोज २०७६, ११ : ३८
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरिएको हो ।
प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको डीएसपी कार्कीले रातोपाटीलाई जानकारी दिए ।
२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
सांसद आलमलाई आइतवार बिहान करीब ११ बजे इद्रिसगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण