मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए विश्व सम्मेलन काठमाडौँमा सुरु (फोटोफिचर)

मङ्गलबार, २८ असोज २०७६, ११ : १४
मङ्गलबार, २८ असोज २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गरेकी हुन् । 

 ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । 

दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ ।

आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो । 

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न एनआरएनहरुलाई  आह्वान गरिन् ।‘नेपालको विकास र सम्बृद्धिमा एनआरएनले खेलेको भूमिका महत्वपूर्ण छ, एनआरएनले गदैै आएको सहयोगका लागि धन्यवाद दिँदै निरन्तरताको कामना गर्दछु ’ उनले भनिन् । 

यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले तथा अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप