८ वर्षका बालकले समाते ३१४ किलोको शार्क, २२ वर्ष पुरानो रेकर्ड तोडे
अष्ट्रेलियामा आठ वर्षका जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर रेकर्ड बनाएका छन् । जेडेन आफ्ना पितासँग माछा मार्नका लागि सिड्नीको साउथ कोस्टबाट १६० किलोमिटर टाढा ब्राउन माउन्टेन नजिकैको इलाकामा गएका थिए । जेडेन पोर्ट ह्याकिंग गेम फिशिंग क्लबका सदस्य हुन् र माछा मार्न सिकिरहेका छन् ।
बुवाले कुराकानीको क्रममा जेडेनले कर गरेपछि मात्र आफू माछा मार्नका लागि गएको बताए । उनले भने, ‘शार्क हाम्रो डुङ्गा पछि–पछि आइरहेको थियो । तब जेडेनको नजर उमाथि पर्यो । यसैबीच उनले काँटी र जालमार्फत् सार्कलाई समात्यो । यद्यपि, सार्कलाई डुङ्गातर्फ तान्न मैले उसको मद्दत गरेँ ।’
पछिल्लो रेकर्ड ३१२ किलोको थियोः
स्थानीय मिडियाका अनुसार ३१४ किलो तौल माछा समातेर जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसअघि इयान हिसेले सन् १९९७ मा ३१२ किलो तौल भएको टाइगर सार्क समातेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा