शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सलाई टर्कीको टक्कर

मङ्गलबार, २८ असोज २०७६, ०९ : ४३
मङ्गलबार, २८ असोज २०७६

विश्वकप विजेता फ्रान्सलाई युरोकप छनोट खेलमा टर्कीले कडा टक्कर दिएको छ । सोमबार राति भएको समूह ‘एच’ को खेलमा फ्रान्स घरेलु मैदानमा टर्कीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

फ्रान्सले सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रान्सले ७६औं मिनेटमा गोल गरेको थियो । फ्रान्सका लागि ओलिभर गिरोडले गोल गरे । उनले एन्टोइन ग्रीजम्यानको पासमा गोल गरेका थिए । तर, फ्रान्सको अग्रता लामो समय टिकेन । टर्कीका कान एहानले ८२औं मिनेटमा गोलगर्दै खेललाई बराबरीमा ल्याए ।

घरेलु टोली फ्रान्सको लगातार गोल प्रयासमा टर्कीको रक्षापंक्ति बाधक बनेको थियो । यस बराबरीसँगै आठ खेलबाट १९ अंक बनाएको टर्की समूहको शीर्ष स्थानमा छ । समान १९ अंक बनाएको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई २–० गोल र अल्बानियाले माल्डोभालाई ४–० गोलले हराएको छ । जितसँगै १५ अंक बनाएको आइसल्यान्ड तेस्रो र १२ अंक बनाएको अल्बानिया चौथो स्थानमा छ । समान तीन अंक बनाएका एन्डोरा र माल्डोभा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप