शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानमाथिको प्रतिबन्ध फुकुवा

सोमबार, २७ असोज २०७६, २१ : ४३
सोमबार, २७ असोज २०७६

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा सोमबार बसेको आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । काठमाडौंमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो । 

आईसीसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास गरिएको थियो । यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ । 

आईसीसीले सोमबार जारी गरेको विज्ञप्तीमा जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरिएको पनि उल्लेख छ । यद्यपी आईसीसीले शर्तका विषय भने केही उल्लेख गरेको छैन । आईसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै तीन वर्षअघि क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप