बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को दुखद् दसैं : सवारी दुर्घटनामा भयो २७ जनाको मृत्यु

सोमबार, २७ असोज २०७६, २१ : ०८
सोमबार, २७ असोज २०७६

बुटवल – दसैं अन्तिम दिन आर्थात् पुर्णिमा । अन्तिम दिन घुमघामसगँ विजया दशामी बिदाई गरिँदै थियो । अझै यो प्रदेशका विभिन्न ठाउँमा सरायँ नाच खेल्ने र हर्ने मानिसहरु चलहलपहल नै थियो । केही समुदायमा टिका थाप्ने पनि अन्तिम तयारी थियो ।

सवैले आ–आफनै तालले दसैंै मनाइरहेका थिए । यस्तैमा रुपन्देहीका सियारीमा रहेको विवेक खत्रीको घरमा भने पुर्णिमा साझ दुखद् बन्नपुग्यो । कारण सवारी दुर्घटनमा उनको मृत्यु भयो । पाल्पामा पुर्णिमाको साझँ ७ बजेतिर ज्यामिरेमा ट्रिप्पर दुर्घटनमा हुदा रुपन्देहीको सियारी ४ का १८ वर्षीय सह–चालक विवेक खत्रीको घटनास्थलमै मृत्यु भयो ।

चालक पाल्पा  रिब्दिकोट गाउँपालिका ८ बस्ने ३२ वर्षीय चालक गणेश कुँवर गम्भीर घाइते भए । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको आजकारी अनुसार उनलाई थप उपचारका लागि पाल्पामाबाट चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ ।

त्यो दुखान्त रहेको खत्रीको परिवारसँगै चालक कुंवर गम्भीर घाइते भएपछि आफन्तहरुमा पिडा हुनु स्वाभिक रह्यो । दसैं शुरु भएको असोज १२ गतेदेखि हिजो पुर्णिमा २६ गतेसम्म पाँच नम्बर प्रदेशमा  २७ घरपरिवारमा पीडामा छ । यो अवधिमा सवारी दुर्घटनाबाट २७ जनाको मृत्यु भएको छ । घाइतेको संख्या पनि उस्तै छ । ट्रिप्पर चालक  गाणेश कुवर जस्तै ७० जना गम्भीर  घाइते भएका छन्, भने ६१ जना समान्य घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार असोज १२ देखि २६ गतेसम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २३ पुरुष र ४ महिला गरी २७ जनाको ज्यान  गुमाएको रेकर्ड छ ।

सवारी दुर्घटनामा रूपन्देही ५ र पश्चिम नवलपरासीमा र कपिलबस्तु४–४ जनाको मृत्यु भएको छ । यस्तै अर्घाखाँची, प्युठान र रोल्पामा ३,३ जना, बाँकेमा २ तथा दाङ, बर्दिया र पाल्पामा १,१ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले रोतापाटीलाई बताए ।

प्रदेशमा रहेका १२ जिल्ला मध्ये गुल्मी र पुर्वे रुकुम भने दसैंको बेला सवारी दुर्घटनाबाट मृत्यु भएको रेकर्ड प्रहरीसगँ छैन् ।

गम्भीर घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार, ९६ दुर्घटनामा ४९ वटा मोटरसाइकल परेका छन् । त्यसपछि कार र जिप रहेका छन् ।

अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीका कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहको भनाइ छ ।

४७ लाख २७ हजार राजस्व संकलन

प्रहरीले दसैंको बेलाम विभिन्न दर्घटना रोक्नको लागि अभियान चलाएको थियो । ठाउँ टाउँमा चेकिङ्ग पनि बढाएको थियो । दसैंको समयमा ट्राफिक नियम उत्तिकै उल्लंघन भएको छ ।  नियम पालना नगर्ने ७ हजार ९ सय  सवारी साधनलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीबाट ४७  लाख २७ हजार  रुपैयाँ राजस्व संकलन भएको छ । दुर्घटनामा जस्तै नियम उल्लंघनमा पनि मोटरसाइकल अग्रप्रक्तिमा देखिएका छन् । 

प्रदेश प्रहरीका अनुसार प्रदेश ५ का २६सय हजार ७९ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । जसबाट १६ लाख ४९ हजार  राजस्व संकलन भएको छ । त्यस्तै, १४सय ९०  बस पनि कारवाहीमा परेका छन् । जसको जरिमना वापत ७ लाख  संकलन भएको छ । अन्य सवारी सधान पनि  राजस्व संकलन गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप