बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कही नभएको जात्रा हाडी गाउँमा (फोटोफिचर)

सोमबार, २७ असोज २०७६, २० : ४४
सोमबार, २७ असोज २०७६

काठमाडौं – हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु  हुन्छ, कहीं नभएको जात्रा हाडीगाउँमा । यस वर्ष पनि सोमबारबाट उक्त जात्रा सुरु भएको छ ।

यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ।  जात्रामा ब्रम्हा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ ।

जसलाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ । जात्राका लागि कोजाग्रत पूर्णिमामा स्थानीय गुठीयार शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बासबारीमा राती  जाग्राम बस्ने प्रचलन छ ।

 

जात्रा गरिएको खटको टुप्पोमा हिमालको प्रतीकका रुपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिएको छ । बीच भागमा पृथ्वीको प्रतीकका रुपमा घुमाउन मिल्ने गरी बास र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको छ ।

जसको माथिपट्टि पृथ्वीको श्रृष्टि फूलका बगैंचाका रुपमा फूलैफूलले सजाइएको छ । सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप