शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदी किनारमा सकेट बम भेटियो

सोमबार, २७ असोज २०७६, १९ : ३९
सोमबार, २७ असोज २०७६

सिरहा– सिरहा र धनुषा छुट्याउने कमला नदी किनारमा सकेट बम भेटिएको छ । उक्त सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ । सिरहा करजन्हा नगरपालिका–३ कमला नदीमा बगरमा बालुवाले पुरिएको अवस्थामा आज (सोमबार) बिहान बम भेटिएको बम सिरहाको चोहर्वास्थित शेर गणबाट गएको बम डिसपोजल टोलीले डिस्पोज गरेको हो ।

नदी किनारमा बालुवा गिटी चाल्ने मजदुरले गिटी चाल्ने क्रममा बमजस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा फेला परेको जनाएको छ । खिया लागेको र पुरानो जस्तो भएकोले बम नदीमा बगेर आएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । 

उनले भने, ‘बम कुनै समूह वा व्यक्तिले नराखी बाढीमा बगेर आएको हुनसक्छ छ, बाँकी अनुसन्धान पनि भइरहेको छ ।’ तर, स्थानीयले भने त्यसक्षेत्रबाट क्रसर उद्योगहरुले अनधिकृत रुपमा बालुवागिटी निकासी गर्ने भएकाले त्यसको विरोधस्वरुप राखेको हुनसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप