मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलोपटक नेपाल मेडिसिटीमा थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज

मृगौला, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइनका विरामीहरु लाभान्वित
सोमबार, २७ असोज २०७६, १८ : ४२
सोमबार, २७ असोज २०७६

ललितपुर– आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ । 

नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार  बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । 

मृगौलासँगै, नसा रोग, फोक्सो रोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाई छ ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । 

त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । 

अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेञ्स, प्लेटलेट एक्स्चेञ्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप