सन्तानको बिषयमा स्वस्तिमाले भनिन्, ‘केही बर्ष अझै योजना छैन’

काठमाडौं – रियल जोडी निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको विवाह भएको ४ बर्ष बितिसकेको छ । अभिनयमा ब्यस्त यो जोडीको अहिलेसम्म बच्चाको प्लान छैन । सायद त्यसैले पनि होला उनीहरु अचेल एकसाथ जहाँ देखिन्छन् । त्यहाँ एक प्रश्न सोध्ने गरिन्छ । बच्चा कहिले हुन्छ ?
सोमबार काठमाडौको कमलपोखरी स्थित बिग मुभिजमा आयोजना भएको फिल्म ‘घामड शेरे’को ट्रेलर रिलिज कार्यक्रममा पनि उनीहरुमाथि यो प्रश्न तेर्सिएको थियो । उक्त अवसरमा अभिनेत्री स्वस्तिमाले अहिले सन्तान जन्माउने आफुहरुको कुनै योजना नरहेको जानकारी दिइन् ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमाले आफुहरुको सन्तान अझै केही वर्षपछि आउने तर कडा आउने बताइन् । उनले भनिन्, ‘ढिलो आउँछ तर कडा आउँछ ।’ स्वस्तिमाको जवाफमा निश्चिल भने हाँसीरहे । अभिनेत्री स्वस्तिमा पछिल्लो समय फिल्म करिअर उकालो लागेको छ । उनले एकपछि अर्काे राम्रो फिल्ममा काम गर्ने अवसर पाइरहेकी छन् । केही वर्ष उनको राम्रा र प्रभावशाली फिल्म खेल्ने योजना छ ।
ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘घामड शेरे’ कार्तिक ८ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा निश्चल र स्वस्तिमाकै मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक