महिलाको हत्या गरी गहना लुट्ने व्यक्ति पक्राउ
बुटवल– घाँस काट्न जंगल गएकी महिलाको हत्या गरी सुनका गहना लुट्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १७ गते हत्या गरिएकी बुटवल ज्योती नगरकी टिकीसरि गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको हो । मकावानपुर जिल्ला हेटौंडा घर भएका राम लामालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
लामामाथि गुरुङलाई धारिलो हँसिया प्रयोग गरि हत्या गरेको अभियोग लगाइएको छ । लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराइले बताए । गुरुङको हत्या गरगहना लुट्ने उद्देश्यले गरेको प्रहरीले अरोप छ ।
बाख्रा चराउन गएकी गुरुङलाई बुटवल बहुमुखी क्याम्पस पछाडिको जङ्गलमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । ६६ वर्षीया गुरुङले लगाएको गरगहना समेत लुटपाट भएका कारण पक्राउ परेका लामालाई कर्तव्य ज्यान र डाँका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामाले बुटवल लक्ष्मीनगरमा नै बसेर ज्यामी काम गर्ने गरेका थिए ।
बुटवल प्रहरीले दशंैको अवसरमा जुवातास खेलिरहेका ३१ जना जुवाडेलाई समेत पक्राउ गरेको छ । बुटवल आसपासका क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट १ लाख ९१ हजार बढी रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
-
कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
-
जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै