ट्वीटरमा सी
काठमाडौँ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेको काठमाडौँ बिस्तारै आफ्नै पुरानै दैनिकीमा फर्कदै छ । राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किसकेका छन् । तर, सो ऐतिहासिक भ्रमणको चर्चा भने सेलाइसकेको छैन । सामाजिक सञ्जाल अझै पनि सी कै चर्चाले रंगिएका छन् ।
यहाँ सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको बारेमा गरिएका चर्चाहरु प्रस्तुत गरिएका छन् ।
हेरौँ कसले के लेखे :
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ। pic.twitter.com/sEvOOFOlDE
— K P Sharma Oli (@kpsharmaoli) October 13, 2019
मित्रराष्ट्र चीनका राष्ट्रपति महामहिम सि चिनफिंग नेपालको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ।भ्रमणका अवसरमा व्यक्त सद्भाव, आत्मीयता र नेपालको विकासमा व्यक्त निरन्तर सहयोगको प्रतिवद्धताका लागि महामहिमप्रति हार्दिक आभार।भ्रमणलाई भव्य पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद।
— Pradeep Gyawali (@PradeepgyawaliK) October 13, 2019
I am confident that President Xi's visit will take Nepal-China relations to a new high, and the two countries will tremendously benefit from each other in sectors ranging from trade, energy to infrastructure.4/4
— Sher Bahadur Deuba (@DeubaSherbdr) October 12, 2019
राष्ट्रपति सी ले भन्नु भयो: 'नेपाल अब भूपरिवेष्टित देश रहने छैन ।' न त धेरै उपदेश, शिक्षा तथा भाषण । न त धम्की र शरीरको चम्काई नै । केही शब्दहरूमै सम्पूर्ण रामायण- यो हो चिनीया बिशेषताको कुटनीति !
— Jp Gupta (@JpanandaJp) October 13, 2019
जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणका अवसरमा भएका महत्वपूर्ण सहमति, समझौता र समयानुकूल गहिरो मित्रता प्रतिको कटिबध्दताका लागि दुबै देशका सरकारलाई धन्यवाद ! भएका सहमतिको कार्यान्वयन र राष्ट्रिय हितको साधनातर्फ नेपाल सरकार अग्रसर हुनुपर्छ ।
— Bhim Rawal (@BhimRawal179) October 13, 2019
चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक,भव्य र सफल रह्यो। यो साँच्चै कोसेढुङ्गा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ।महामहिम सी र चीन सरकार प्रति आभार।यसपटक हाम्रो पनि परिपक्वता देखियो।सिङो देश एकढिक्को भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो। प्रम र सबैलाई बधाई।
— NKShresthaPrakash (@nksthaprakash) October 14, 2019
चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक वधाइ!तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि?१.नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति/समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो.. pic.twitter.com/QZGpUhmSu0
— Baburam Bhattarai (@brb1954) October 13, 2019
२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्! pic.twitter.com/V7m9D6VioY
— Baburam Bhattarai (@brb1954) October 13, 2019
२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्! pic.twitter.com/V7m9D6VioY
— Baburam Bhattarai (@brb1954) October 13, 2019
सी ले भेटमा भन्नुभएका२महत्वपुर्ण कुरा:१)शाषन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफुभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ।यो हाम्रो अनुभव हो।२)चीकपाले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन,निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो।
— NKShresthaPrakash (@nksthaprakash) October 13, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई