बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंकका शेयरधनीले पाउने भए नगदसहित बोनस शेयर लाभांश

सोमबार, २७ असोज २०७६, १६ : ०३
सोमबार, २७ असोज २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नगदसहित बोनस शेयर वितरणको घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई अधिकतम २५ प्रतिशतको बम्पर लाभांशको घोषणा गरेको हो । 

आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कूल २५ प्रतिशत लाभांशको घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नियापक निकाय नेपाल राष्ट्र बैंको  स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।  हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप