भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली

नयाँदिल्ली– भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन् ।
भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुनेछन् ।
भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, खन्नाले भनेका छन् । खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी ब्रिजेस पटेललाई आईपिएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन् । –एएनआई/photo: navodayatimes.in
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म