जब सांसदले बुद्ध एयरको काउण्टर तोडफोड गरे...
जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।
बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकारे ।
यता, बुद्ध एयरको काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।
‘जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नी विरामी रहेछन् । उनलाई दिउसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चेकजाच गराउनुपर्ने थियो । तर, विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ,’ सांसद साहले भने ।
‘त्यसमाथि म आउँदा विमानस्थलको विशिष्ट कक्षमा राति देखिकै प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका थिए । पटक–पटक जनकपुर विमानस्थलको अवस्थाबारे गुनासो गर्दा पनि सरोकारवालाले कुनै वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ,’ उनले भने ।
बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारे । ‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ । तर, सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो,’ सिंहले भने ।
सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण