बूढानीलकण्ठमा कौडा खेलिरहेका ११ जना प्रहरी नियन्त्रणमा
काठमाडौं– काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सो घरमा जुवा खेलीरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ४ लाख १० हजार १५ रूपैयाँ र खेलमा प्रयोग गरेको कौडा र तास समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार पक्राउ पर्नेमा वुढानिलकण्ठ नगरपालिका–४ वस्ने ४३ वर्षीय उत्तम कुईकेल , ३६ वर्षीय शिवराम भण्डारी, ३४ वर्षीय कृष्ण खत्री, ३२ वर्षीय मनोज खत्री, ३८ वर्षीय प्रेम दुलाल, ३५ वर्षीय नारायण खत्री, ३९ वर्षीय रोहित खत्री, ३६ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४३ वर्षीय नारायण भण्डारी रहेका छन् ।
त्यस्तै टोखा नगरपालिका २ वस्ने ३४ वर्षीय बालकृष्ण श्रेष्ठ, ४२ वर्षीय हरिप्रसाद डंगोललाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका माथि थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह