चिनियाँ राष्ट्रपति सी फर्किएलगत्तै काठमाडौंको सडकमा जे देखियो (फोटोफिचर)
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन पिङ काठमाडौं अवतरण गर्नुअघि उपत्यकाका अधिकांश स्थानमा चिटिक्क पारियो । सडकका वरिपरि फूलका गमला राख्नेदेखि चोक चोकमा दुवै देशका राष्ट्रपतिको फोटोअंकित होर्डिङ बोर्ड राखेर काठमाडौंलाई चिटिक्क पारियो । करिब २२ घण्टा काठमाडौंमा बिताएर सी जब बेइइजिङ उडे, त्यसलगत्तै सडक वरिपरि राखिएका फूलहरु ओइल्याउन थाले ।
गमलाहरु फुट्न थाले । विदेशी पाहुनालाई स्वागत गर्न मात्र सिंगारिएको काठमाडौं करिब २ दिन त सुन्दर देखियो तर अहिले फेरि फिक्का देखिन थालेको छ । वातावरण र सुन्दरताका दृष्टिकोणले होर्डिङ बोर्डहरु निकाल्नु स्वभाविक भएपनि सडक किनारामा सजाइएका फूलहरुलाई जोगाएर राखे काठमाडौंको सुन्दरतामा थप निखार आउन सक्थ्यो तर त्यसतर्फ काठमाडौं महानगर लगायत अन्य सम्बन्धित निकायको ध्यान गएको देखिएन ।
माईतिघरमा राखिएका फूलका गमलाहरु भने सम्बन्धित निकायले उठाएर लगेको छ भने तिनकुनेमा बनाईएको पार्कमा भने सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेको छ । बाटोमा राखिएका होर्डिङ बोर्ड र त्यसमा राखिएका फोटोहरु आइतबार रातीनै झिकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?