गृहमन्त्री थापाले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले सुरक्षाकर्मीहरुलाई बधाई दिएका हुन् ।
गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यो कार्यले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए । उनले सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे ।
चिनियाँ पक्षले समेत भ्रमणको क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रसंशा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए । गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।
उनले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गरे । बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथि शशीचन्द्रबहादुर सिंह लगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड