महात्मा गान्धीले गरेका थिए आत्महत्याको कोसिस, थाहा छ ?
![महात्मा गान्धीले गरेका थिए आत्महत्याको कोसिस, थाहा छ ?](https://rpcdn.ratopati.com/media/albums/mahatma_gandhi_smfk5kZajW_5qotOettcV.jpg)
गुजरातको एक विद्यालयमा ९ कक्षाको आन्तरिक परीक्षामा सोधिएको एक प्रश्नले भारतमा निकै खैलाबैला मच्चाएको छ । वास्तवमा महात्मा गान्धीद्वारा आत्महत्याको कोसिससँग जोडिएको घटनाबारे गुजरातीमा सोधिएको उक्त प्रश्न गलत भने होइन । त्यसको गलत अनुवाद र महात्मा गान्धीको जीवनबारे पर्याप्त जानकारी नहुँदा भ्रम पैदा भएको हो । प्रश्न यस्तो थियो – महात्मा गान्धीले आत्महत्याका लागि के गरे ? जबकी केही खबरमा यसको अनुवाद यसरी गरियो – महात्मा गान्धीले आत्महत्या कसरी गरे ?
जे भएपनि यो प्रश्न महात्मा गान्धीको जीवनको एक घटनासँग सम्बन्धित छ । उनले वाल्यकालमा एकपटक आत्महत्याको कोसिस गरेका थिए । यसबारे विस्तृत जानकारी लिऔं ।
बिँडी पिउने लतः
उनले आफ्नो आत्मकथा ‘सत्यको प्रयोग’ मा वाल्यकालको यो घटनाबारे जानकारी दिएका छन् । उनले लेखे अनुसार उनलाई बाल्यकालमा बिँडी पिउने लत लागेको थियो । वाल्यकालमा बिँडि किनेर खाने पैसा उनीसँग हुँदैनथ्यो । उनका अनुसार उनका काका बिँडी पिउँथे त्यसकारण उनले फालेको बिँडीको ठुटो छानेर गान्धी र उनको आफन्तले आफ्नो तलतल मेटाउँथे । तर ती ठुटा पनि भनेको समयमा पाइँदैनथ्यो र त्यसबाट अत्यधिक धुँवा आउँथ्यो ।
यसकारण गरे आत्महत्याको निर्णयः
बिँडी पिउने लत लागेपछि उनलाई लाग्यो कि जे कुरापनि उनले ठूलालाई सोधेर मात्र गर्नुपर्छ । आफ्नो मर्जीले केही पनि गर्न पाउँदैनन् । यसबाट उनी आजित भए र आत्महत्या गर्ने निर्णय लिए । अब प्रश्न यो थियो कि आत्महत्या कसरी गर्ने, यसका लागि उनले धतुरोको दानालाई छाने ।
उनी लेख्छन्, ‘मलाई दुःख यो कुराको थियो कि ठूलाको आज्ञाबिना म केही पनि गर्न सक्दिनथेँ । मलाई वाक्क लाग्यो र आत्महत्या गर्ने निर्णय गरेँ । मैले धतुरोको बियाँ खाँदा मृत्यु हुन्छ भन्ने सुनेको थिएँ । मैले जंगलमा गएर बियाँ लिएर आएँ र बेलुका खाने निश्चित गरेँ । केदारनाथजीको मन्दिरको दिपमालामा घ्यू चढाएँ, दर्शन गरेँ र एकान्तको खोजी गरेँ । तर विष खाने आँट आएन । तत्काल मृत्यु नभए के गर्ने ? मर्दा के लाभ हुन्छ ? पर निर्भरतालाई नै किन सही नठान्ने भनेर सोच्न थालेँ । सोच्दासोच्दै दुई–चारवटा बियाँ खाएँ । धेरै खाने हिम्मत नै आएन । मृत्युदेखि डर लाग्यो त्यसकारण रामजीको मन्दिर गएर दर्शन गरेर शान्त हुने र आत्महत्याको कुरा बिर्सने निर्णय गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै