बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते

सोमबार, २७ असोज २०७६, ११ : ०९
सोमबार, २७ असोज २०७६

बुटवल ।  दाङमा खुकुरी प्रहार हुँदा एक युवा गम्भीर घाइते भएका छन् ।

शान्तिनगर गाउँपालिकामा गएराति दुई  युवाबीच बिवाद हुदा खुकुरी प्रहार भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ पहाडीपुर निवासी ३० बर्षीय प्रकाश थापा घाइते भएका छन् । 

सामान्य विवाद हुुदा स्थानीय २२ बर्षीय निम बहादुर वलीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए । 

थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप  पचारका लागि कोहलपुर रेफर गरिएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप