बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टेनिसमा १५ वर्षीया गाउफको कमाल

सोमबार, २७ असोज २०७६, १० : ४६
सोमबार, २७ असोज २०७६

एजेन्सी–अमेरिकाकी कोको गाउफ कम उमेरमा डब्लुटीए टेनिस उपाधि जित्ने खेलाडी बनेकी छन् । 

१५ बर्षीया गाउफले अस्ट्रियाको लिन्ज ओपन टेनिस जित्दै कम उमेरमा डब्लुटीए टेनिसको उपाधि जित्ने कीर्तमान रचिन् ।

 कम उमेरमै कमाल गरेकी गाउफले आइतबार राति भएको फाइनल खेलमा लात्भियाकी जेलेना ओस्टापेन्कोलाई ६–३, १–६, ६–२ को सेटमा हराइन् । 

गाउफको यो पहिलो डब्लुटीए उपाधि हो । जितपछि गाउफले आफ्ना लागि यो साता अतुलनीय भएको बताइन् ।

 ‘म यस क्षणलाई कहिल्यै भुल्न सक्दिन । मलाई आशा छ, भविश्यमा अझै राम्रो गर्नेछु,’ गाउफले भनिन् । गाउफले हराएकी ओस्टापेन्को सन् २०१७ को फ्रेन्च ओपन विजेता खेलाडी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप