मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालसँग एकीकरण हुने कि नहुने विषयमा समाजवादी पार्टीले निर्णय गर्दै

सोमबार, २७ असोज २०७६, १० : ३९
सोमबार, २७ असोज २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल लगायतका दल तथा संगठनहरुसँग एकताको विषयमा छलफल गर्न समाजवादी पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । 

बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको बैठकमा राजपा नेपाल लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । 

राजपा नेपालसँग हालसम्म भएको छलफलका प्रगतिबारे पार्टीका दुईजना अध्यक्षले आजको बैठकमा जानकारी गराउने र त्यसमा अन्य नेताहरुको पनि राय दिनेछन् ।  त्यसपछि यो एकता प्रकृयालाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने उनले बताए । 

दुई दलको बीचमा लामो समयदेखि एकताको प्रयासस्वरुप वार्ता भइरहेको छ  । तर हालसम्म केही टुंगो लागेको छैन । 

साथै बैठकमा तत्कालीन नयाँ शक्ति नेपाल र समाजवादी पार्टीबीच भएको एकतापछि समायोजनका के कति काम भएको छ, त्यसको बारेमा पनि छलफल हुनेछ । समायोजनका बाँकी रहेका कामलाई पूर्णता दिनेबारे पनि छलफल हुने उनले बताए । 

पार्टी समायोजन र राष्ट्रिय जनता पार्टी नेपालसँगको एकताको विषय टुंगो लागेपछि पार्टी महाधिवेशनको अर्को नयाँ मिति तोक्ने उनले बताए । यसअघि असोज २९, ३० र ३१ गतेका लागि महाधिवेशनको मिति तय गरिएको  थियो । हाललाई महाधिवेशन स्थगित भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप