टेनिसमा १५ बर्षीया गाउफको कमाल
सोमबार, २७ असोज २०७६, १० : ३१
अमेरिकाकी कोको गाउफ कम उमेरमा डब्लुटीए टेनिस उपाधि जित्ने खेलाडी बनेकी छन् ।
१५ बर्षीया गाउफले अस्ट्रियाको लिन्ज ओपन टेनिस जित्दै कम उमेरमा डब्लुटीए टेनिसको उपाधि जित्ने कीर्तमान रचिन् ।
कम उमेरमै कमाल गरेकी गाउफले आइतबार राति भएको फाइनल खेलमा लात्भियाकी जेलेना ओस्टापेन्कोलाई ६–३, १–६, ६–२ को सेटमा हराईन् । गाउफको यो पहिलो डब्लुटीए उपाधि हो । जितपछि गाउफले आफ्ना लागि यो साता अतुलनीय भएको बताईन् ।
‘म यस क्षणलाई कहिल्यै भुल्न सक्दिन । मलाई आशा छ, भविश्यमा अझै राम्रो गर्नेछु,’ गाउफले भनिन् । गाउफले हराएकी ओस्टापेन्को सन् २०१७ को फ्रेन्च ओपन विजेता खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर