चलिरहेको थियो अन्तिम संस्कारः चल्मलाउन थाले व्यक्ति, डराएर भागे मलामी

अन्तिम संस्कारका लागि शवलाई चितामा राखिएको थियो । चितामा आगोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ ।
भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्याइएको थियो ।
‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले । हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृत होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने ।
डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृत घोषणा गरिसकेपछि अथवा शवको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने ।
पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने