शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड र जर्मनी विजयी

सोमबार, २७ असोज २०७६, ०९ : ०२
सोमबार, २७ असोज २०७६

नेदरल्यान्ड र जर्मनी युरोकप छनोट खेलमा विजयी भएका छन् । आइतबार राति भएको  समुह ‘सी’ को छनोट खेलमा नेदरल्यान्डले बेलारुसलाई २–१ गोलले हरायो । जर्मनीले इस्टोनियालाई ३–० गोलले पराजित गर्यो । जितसँगै नेदरल्यान्ड र जर्मनी छनोट नजिक पुगेका छन् । दुवै टोलीले ६ खेलबाट समान १५ अंक बनाएका छन् । गोल अन्तरका आधारमा नेदरल्यान्ड शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो स्थानमा छ ।

बेलारुसमा भएको खेलमा नेदरल्यान्डको जितमा दुवै गोल जर्जिन्हो विजनाल्डमले गरे । जर्जिन्होले ३२औं र ४१औं मिनेटमा गोल गरेका थिए । बेलारुसका लागि स्टानिस्लाभ ड्रागनले ५४औं मिनेटमा एक गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा नेदरल्यान्ड विजयी भयो ।

अर्को खेलमा जर्मनीलाई जिताउन इकेए गुन्डोगानले दुई तथा टिमो वेर्नरले एक गोल गरे । खेलको सुरुवातमै १० खेलाडीमा समेटिए पनि जर्मनीले शानदार प्रदर्शन गरेको थियो । १४औं मिनेटमा इम्री क्यान रातो कार्ड पाउँदै बाहिरिएका थिए । डिबक्सभित्र इस्टोनियाका फ्रान्क लिभाकलाई लडाएपछि रेफ्रीले इम्रीलाई सिधै रातो कार्ड देखाएका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको जर्मनीले दोस्रो हाफमा तीन गोल गरेको थियो । गुन्डोगानले ५१औं र ५७औं मिनेटमा दुई गोल गरे । टिमोले ७१औं मिनेटमा गोलगर्दै जर्मनीलाई सजिलै जिताए । यस समूहमा ६ खेलबाट १२ अंक बनाएको नर्दन आयरल्यान्ड तेस्रो स्थानमा छ । सात खेलबाट चार अंक बनाएको बेलारुस चौथो र एक अंक बनाएको इस्टोनिया अन्तिममा छ ।

यसैगरी समूह ‘ई’ को खेलमा हंगेरीले अजरबैजानलाई १–० गोलले पराजित गरेको छ । हंगेरीको जितमा मिहाली कोरहुतले १०औं मिनेटमा गोल गरेका थिए । वेल्स र क्रोएसियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलका क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो । क्रोएसियाका निकोला भ्लासिकले नवौं मिनेटमा गोल गरे । वेल्सका ग्यारेथ बेलले ४५औं मिनेटमा बराबरी गोल फर्काए । यस समूहमा शीर्ष स्थानमा रहेको क्रोएसियाले सात खेलबाट १४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको हंगेरीको १२ अंक छ । १० अंक बनाएको स्लोभाकिया तेस्रो, आठ अंक बनाएको वेल्स चौथो र एक अंक बनाएको अजरबैजान अन्तिममा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप