मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

सोमबार, २७ असोज २०७६, ०७ : ११
सोमबार, २७ असोज २०७६

पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । 

इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् ।

उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो । यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप