मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

सोमबार, २७ असोज २०७६, ०६ : ५६
सोमबार, २७ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । 

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप