मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

सोमबार, २७ असोज २०७६, ०६ : २४
सोमबार, २७ असोज २०७६

नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । 

बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।

स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए । 

जाने क्रममा सीले पटक–पटक हात उठाउँदै बाई–बाई गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप