चिनियाँ राष्ट्रपतिलाई भेटेलगत्तै भारतीय प्रधानमन्त्री मोदी समुद्री किनारमा, जहाँ फुर्यो नयाँ कविता
एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कविता सार्वजनिक गरेका छन् । तमिलनाडुमा चिनियाँ राष्ट्रपति सी जिन पिंगसँगको भेटवार्ता लगत्तै लेखिएको नयाँ कविता प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन् । उक्त कवितालाई मोदीले आफ्नो ट्विटरमा समेत पोस्ट गरेका छन् ।
प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमा लेख्दै भनेका छन् कि समुद्री किनारमा हिंड्दा भावनाको रूपमा कविता फुरेको छ । शनिबार मोदी तमिलनाडुको मम्ल्लापुरमा चीनका राष्ट्रपति सीसँगको अनौपचारिक भेटका लागि पुगेका थिए । चिनियाँ राष्टपतिसँगको भेटलगत्तै मोदीले समुद्र तटमा बिहानको पैदल यात्रा गरेका थिए र सरसफाई समेत गरेका थिए । सोही बेला उनले समुद्री किनारमा बसेर एउटा सुन्दर कविता लेखेको हुन् ।
आठ अनुच्छेदमा लेखिएको कवितामा उनले समुद्र, सूर्य र छालहरूको सम्बन्धको बारेमा बर्णन गर्न खाजेका छन् । उनले समुद्रको पीडा पनि शब्दमा ओकल्न खोजेका छन् । यसअघि प्रधानमन्त्री मोदीको एउटा कविता संग्रह पनि प्रकाशित भइसकेको छ।
मल्लपुरम समुद्री किनारमा फोहोर उठाउँदा प्रधानमन्त्री मोदीको हातमा एउटा लट्ठी पनि देखिएको थियो । उक्त लट्ठी एक्युप्रेशर स्टिक हो, जुन स्टिक प्राय मोदी आफूसँगै लिएर जाने गर्छन् ।photo: dainik-bhaskar
यस्तो छ मोदीको नयाँ कविताः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !