रोनाल्डोको नाममा स्टेडियम

एजेन्सी – पोर्चुगिज क्लब शीर्ष डिभिजन क्लब स्पोर्टिङ लिस्वनले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा रंगशालाको नामाकरण गर्ने भएको छ । स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको सिम्वोल रहेकाले जोसे अलभालाडे स्टेडियमलाई रोनाल्डो नामाकरण गर्ने तयारी भएको बताएका छन् ।
‘रोनाल्डो पोर्चुगलका सान हुन् । उनी अहिले व्यावसायिक फुटबलमा जमिरहेका छन् । रोनाल्डोले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गरेको दिन उनको बाल्यकलको क्लब स्पोर्टिङको स्टेडियमलाई रोनाल्डोको नाममा नामाकरण गरिनेछ,’ फेडरिकोले भने । फेडरिकोले रोनाल्डो पोर्चुगलको मात्र नभई विश्वकै उत्कृष्ट खेलाडी भएको पनि बताए ।
फेडरिकोले स्टेडियमको नाम रोनाल्डो राख्दा नयाँ पुस्तालाई फुटबलमा लाग्न प्रेरणा मिल्ने पनि बताए । रोनाल्डोले स्पोर्टिङ लिस्वन छाडेको १७ बर्ष भईसकेको छ ।
५० हजार दर्शक क्षमताको उक्त जोसे अलभालाडे स्टेडियमको नाम स्पोर्टिङ लिस्वन क्लबको संस्थापक पहिलो सदस्यको नाममा राखिएको थियो । रोनाल्डाको नाममा स्टेडियकमो नामाकरण गरिए रोनाल्डो पक्कै खुशी हुने फेडरिकोको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा