रौतहटमा गोली चल्यो, एक युवकको हत्या

रौतहट– रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेका थिए । उनीहरुले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।
मृतकको हालसम्म सनाखत हुुन सेकेको छैन । गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने डिएसपी कार्कीले जानकारी दिए । हाल मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लैजाने तयारी भैहरको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन