राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सफल भयो : प्रधानमन्त्री ओली
काठमाडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।
राष्ट्रपति सीको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशिलता प्राप्त गरेको प्रधानमन्त्री ओलीले दावी समेत गरेका छन् ।
उनले ट्विटरमा ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ’ लेखेका छन् ।
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ। pic.twitter.com/M3T2644frx
— KP Sharma Oli (@PM_Nepal) October 13, 2019
दोस्रो ट्विट गर्दै प्रधानमन्त्री ओलीले भने, नेपाल भ्रमण गरी नेपााल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु । भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
नेपाल भ्रमण गरी नेपााल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र
— KP Sharma Oli (@PM_Nepal) October 13, 2019
सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु। भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो थप बढ्ने
-
प्रदेश राजधानीका स्थायी संरचना कहाँ बनाउने ? २० बिघा जग्गा आवश्यक पर्ने
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल