मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सफल भयो : प्रधानमन्त्री ओली

आइतबार, २६ असोज २०७६, १६ : ३१
आइतबार, २६ असोज २०७६

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । 

स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् । 

राष्ट्रपति सीको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशिलता प्राप्त गरेको प्रधानमन्त्री ओलीले दावी समेत गरेका छन् । 

उनले ट्विटरमा ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ’ लेखेका छन् ।

दोस्रो ट्विट गर्दै प्रधानमन्त्री ओलीले भने, नेपाल भ्रमण गरी नेपााल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र  सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु । भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप