शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र चीन बीच हस्ताक्षर भएका २० सम्झौता र समझदारीहरु (सूचीसहित)

आइतबार, २६ असोज २०७६, १४ : ३५
आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सि जिनपिङकाे नेपाल भ्रमणकाे अवसरमा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भएको छ ।

आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमति भएको हो ।

ती २० वटा समझदारी र सम्झौताहरुमा सिमा व्यवस्थापन प्रणाली देखि प्रशासन सुधार, आपराधिक गतिविधि रोकथामका लागि कानुनी सहकार्य गर्ने लगायतका विषय समावेश छन् ।
त्यसैगरी राष्ट्रिय योजना आयोगको क्षमता अभिवृद्धिमा लगानीर सहकार्य, छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने, रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका सहमति भएको छ ।

त्यसगरी काठमाडौं तथा वुटवलको चीनका शहरहरु नाम्जिङ र सियानसँग भगिनी सम्बन्ध कायम गर्ने लगायतका सहमति भएका छन् ।

समझदारी र सम्झौताका सूची यहाँ प्रस्तुत गरिएको छ ।

List of Instruments Singed and Exchanged between Nepal and China

  1. Agreement between the Governments of Nepal and the People’s Republic of China on the Boundary Management System नेपाल सरकार जनगणतन्त्र चीनबीचमा सिमाना व्यवस्थापन प्रणाली सहमती
  2. MoU between the Governments of Nepal and the People’s Republic of China on the Exchanges and Cooperation on Governance Capacity Building नेपाल सरकार र जनगणतन्त्र चीनबीच शासन क्षमता विकासमा सहकार्य र आदानप्रदानसम्बन्धमा एमओयू (समझ्दारी पत्र)
  3. Treaty between Nepal and the People’s Republic of China on Mutual Legal Assistance in Criminal Matters नेपाल र जन गणतन्त्र चीनबीच आपराधिक विषयहरुमा आपसी कानुनी सहायतासम्बन्धमा सन्धी
  4. MoU on Mount Sagarmatha/Zhumulangma Protection Cooperation between Nepal and China सगरमाथा/झोमोलोङ्मा संरक्षण सहकार्यसम्बन्धमा नेपाल र चीनबीच एमओयू
  5. MoU on Promoting Key Projects of Investment and Cooperation on Productive Capacity between the National Planning Commission of Nepal and the National Development and Reform Commission of the People’s Republic of China. नेपालका राष्ट्रिय योजना आयोग र जनगणतन्त्र चीनको राष्ट्रिय विकास र पुनसंरचना आयोगका बीच उत्पादनशील क्षमतासम्बन्धी मुख्य योजनाहरुमा लगानी र सहकार्य अभिबृद्धिका लागि समझदारी
  6. Exchange of Note for Setting up a Consulate General of Nepal in Chengdu चेङ्दुमा नेपालको महावाणिज्यदुतावास स्थापना गर्नको लागि पत्र आदानप्रदान(एक्सचेन्ज अफ नोट)
  7. MoU between the Ministry of Physical Infrastructure and Transport of Nepal and the Ministry of Transport of the People’s Republic of China on Feasibility Study of China-Nepal Cross-Border Railway Project. नेपालको भौतिक योजना तथा यातायात मन्त्रालय र जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल अन्तर–सिमा रेल परियोजनाको सम्भाव्यता अध्ययनबारेमा एमओयू
  8. Agreement between Kathmandu Metropolitan City of Nepal and Nanjing City of the People’s Republic of China on the Establishment of Sister-City Relationship. नेपालको काठमाण्डौं महानगरपालिका र चीनको नान्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमती
  9. Agreement between Butwal Sub-Metropolitan City of Nepal and Xi’an City of the People’s Republic of China on the Establishment of Sister-City Relationship. नेपालको बुटवल उपमहानगरपालिका र चीनको सियान सहरबीच भगिनीसम्बन्ध स्थापित गर्ने सहमती
  10. MoU on Cooperation on Traditional Medicine between the Ministry of Health and Population of the Government of Nepal and the National Administration of Traditional Chinese Medicine of the People’s Republic of China. नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्रालय र जनगणतन्त्र चीनको परम्परागत चिनियाँ औषधीको राष्ट्रिय प्रशासनबीच सहकार्यसम्बन्धमा एमओयू
  11. MoU between the Ministry of Home Affairs of Nepal and the Ministry of Emergency Management of the People’s Republic of China Regarding Cooperation in Disaster Risk Reduction and Emergency Response. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको विपत व्यवस्थापन मन्त्रालयबीच विपद जोखिम न्युनिकरण र आपतकालिन जवाफबारेमा एमओयू
  12. MoU on Cooperation between the Supreme People’s Procurator of the People’s Republic of China and Office of the Attorney General of Nepal नेपालको महान्यायाधिवक्ताको कार्यालय र जनगणतन्त्र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटरबीच सहकार्यसम्बन्धमा एमओयू
  13. Agreement between Tribhuvan University of Nepal and Confucius Institute Headquarters of China on the Establishment of Confucius Institute at Tribhuvan University. नेपालको त्रिभूवन विश्वविद्यालय र चीनको कन्फुसियस इन्स्टीच्युट हेडक्वाटर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फुसियस इन्स्टिच्युट स्थापना गर्ने सहमती
  14. Protocol of Phytosanitary Requirements for the Export of Citrus Fruits from Nepal to China between Department of Agriculture of the Government of Nepal and General Administration of Customs of the People’s Republic of China. निम्बु, कागती फलको निर्यातको लागि नेपाल सरकारको कृषि विभाग र जनगणतन्त्र चीनको भंसार प्रशासनबीच फाइटोसेनिटरी(निरोगी र सरसफाई) जाँचसम्बन्ध प्रोटोकल
  15. MoU between the Ministry of Industry, Commerce and Supplies of the Government of Nepal and the Ministry of Commerce of the People’s Republic of China on the Establishment of Joint Working Group on Trade नेपालको उद्योग, व्यपार र आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको व्यापार मन्त्रालयबीच व्यापारसम्बन्धमा संयुक्त कार्यगत समूह स्थापना गर्न एमओयू
  16. Delivery and Acceptance Certificate for the China-Aid Earthquake Monitoring Network Project in Nepal नेपालमा चाइना–एड भूकम्प निगरानी संजाल परियोजनाको लागि डेलिभरी र एसेप्टेन्स सर्टिफिकेट
  17. MoU on Establishment of Investment Cooperation Working Group between the Ministry of Finance of Nepal and the Ministry of Commerce of the People’s Republic of China नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको व्यापार मन्त्रालयबीच लगानी सहकार्य कार्यगत समूहको स्थापनासम्बन्ध्मा एमओयू
  18. MoU between the Ministry of Finance of Nepal and China International Development Cooperation Agency on Tunnels Construction Cooperation नेपालको अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपेन्ट कोअपरेसन एजेन्सीबीच सुरुङ निर्माण सहकार्यसम्बन्धमा एमओयू
  19. Exchange of Letter for Border Security Equipment and Office Equipment सिमा सुरक्षा उपकरण र कार्यलय उपकरणको लागि पत्र आदान प्रदान
  20. Minutes of Meeting for Feasibility Investigation of China-Aid Municipal Water Supply Improvement Project in Kathmandu Valley of Nepal चिनियाँ सहयोगमा काठमाण्डौ उपत्यकाको नगरपालिका जल आपूर्ती सुधार परियोजनाको सम्भाव्य अनुसन्धानको लागि माइन्युट अफ मिटिङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप