चियापान कार्यक्रममा कलाकारलाई टिका र दक्षिणा
काठमाडौं– नेपाल चलचित्र कलाकार संघले महान दसैँ, तिहार र छठको अवसर पारेर राजधानिमा विजयादशमीको टीकासहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले कलाकारहरुलाई टिका लगाई दिएका थिए ।
संघका उपाध्यक्ष मोहन निरौला, महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकूलपति हरिहर शर्मा, संघका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल, वरिष्ठ कलाकार टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल लगायतले कार्यक्रममा उपस्थिति रहेको थियो ।
कलाकार संघले चाडको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रममार्फत सबैलाई एकै ठाउमा भेला गराएर प्रशंसनीय काम गरेको उक्त अवसरमा सहभागीले बताए । कार्यक्रम संघको स्थापना भएको ३१ वर्ष पुगेको अवसरमा कलाकारलाई दुसैँको टिका सहित ३१ रुपैयाँ दक्षिणा पनि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?