जापानमा आएको शक्तिशाली आँधीमा मर्नेको संख्या १८ पुग्यो, १३ अझै बेपत्ता
आइतबार, २६ असोज २०७६, १३ : ०५
एजेन्सी । जापानमा दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो ।
मर्नेहरु जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफेक्चर क्षेत्रका छन् ।
आँधीका कारण थप १३ मानिस हराइरहेका छन् र कम्तिमा १४९ घाइते भएका छन् ।
देशका धेरै भाग विजुली तथा संचारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण अझै प्राप्त हुन सकेको छैन । अधिकारीले आँधीबाट प्रभावितहरुलाई सहयोग गर्न लागि परेका छन् ।
हगिविस समुन्द्री आँधी शनिबार रातको समयमा जापान प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण