जापानमा आएको शक्तिशाली आँधीमा मर्नेको संख्या १८ पुग्यो, १३ अझै बेपत्ता
आइतबार, २६ असोज २०७६, १३ : ०५
एजेन्सी । जापानमा दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो ।
मर्नेहरु जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफेक्चर क्षेत्रका छन् ।
आँधीका कारण थप १३ मानिस हराइरहेका छन् र कम्तिमा १४९ घाइते भएका छन् ।
देशका धेरै भाग विजुली तथा संचारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण अझै प्राप्त हुन सकेको छैन । अधिकारीले आँधीबाट प्रभावितहरुलाई सहयोग गर्न लागि परेका छन् ।
हगिविस समुन्द्री आँधी शनिबार रातको समयमा जापान प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता