तस्बिरमा हेर्नुहोस् चिनियाँ राष्ट्रपति र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ता
आइतबार, २६ असोज २०७६, ११ : ०७

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइबार बिहान सामूहिक भेटवार्ता भएको छ ।
होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् ।
सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ ।
शनिबार दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला
-
राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
-
परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति
-
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो