शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नोटसहित एक जना पक्राउ, पटका पनि बरामद

आइतबार, २६ असोज २०७६, १० : ३९
आइतबार, २६ असोज २०७६

बर्दिवास–सशस्त्र प्रहरीबलले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाँदै थिए ।

सो क्रममा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै  पुगेपछि गस्तीमा खटिएका सशस्त्र प्रहरीले शंकाको आधारमा चेक जाँच गर्दा उनी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरीले उनको साथबाट स्रोत नखुलेको तीन लाख भारतीय रुपैया बरामद गरेको हो । 

 पक्राउ परेका साह अवैधरूपमा नेपाली र भारुको सटही कारोवारमा संलग्न रहेको र उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको बताइएको छ ।

यसैबीच सशस्त्र प्रहरीले पटका पनि बरामद गरेको छ । दिपावली तथा छठ पर्वलाई लक्षित गरी शनिवार राती भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटाका महोत्तरीको सम्सी बेसक्याम्पको सशस्त्र प्रहरीले बरामद गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप