मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मन्त्रीको तर्क : तीन फिल्मले एक दिनमा १२० करोड भारु कमाउँदा देशमा कसरी आर्थिक मन्दी हुनसक्छ ?

आइतबार, २६ असोज २०७६, १० : ३७
आइतबार, २६ असोज २०७६

एजेन्सी । भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले देशमा आर्थिक मन्दी नभएको दाबी गरेका छन् । पछिल्लो समय तीन चलचित्रले मिलेर एक दिनमा १२० करोड भारतीय रुपैयाँ कमाएको उदाहरण दिँदै उनले देशमा आर्थिक मन्दी नभएको दाबी गरेका हुन् । ‘यसले साबित हुन्छ देशको अर्थव्यवस्था मजबुत छ,’ उनले भने ।

प्रसादका अनुसार २ अक्टोबरमा तीन चलचित्र रिलिज भएका थिए । ‘चलचित्र उद्योगका विश्लेषक कोमल नाथले भनेका थिए कि त्यो दिन कमाइको आँकडा किर्तिमानी १२० करोड पुगेको थियो,’ महाराष्ट्रविधानसभा चुनावको प्रचारका लागि मुम्बई पुगेका प्रसादले भने, ‘म अटल बिहारी बाजपेइ सरकारमा सूचना एवम् प्रशारण मन्त्री थिए । मलाई फिल्म हेर्न मनपर्छ । फिल्मबाट व्यापार हुन्छ ।’

एनएसएसओले आर्थिक विकास दर ५ प्रतिशत बताएको थियो

सरकारी आँकडाका अनुसार अप्रिलमा आर्थिक वृद्धिदर घटेर सात वर्षकै तल्लो स्तरमा पुगेको छ । यो पछिल्लो वर्ष जुन त्रैमासिकको ८ प्रतिशतको तुलनामा यसपटक ५ प्रतिशतमा झरेको छ ।

प्रसादले भने नेशनल स्पेसल सर्वे अफिस (एनएसएसओ) को रिपोर्टलाई खारेज गरे । उनले भने, ‘यो रिपोर्ट झुठो हो । म यससम्बन्धि १० आँकडा दिन्छु । यसमध्ये एक पनि रिपोर्टमा छैन । हामीले कहिले पनि सबैलाई सरकारी जागिर दिने बताएका थिएनौँ । केही व्यक्तिले सुनियोजितरुपमा गुमराहमा राख्ने कोशिश गरिरहेका छन् ।’

आँकडाका अनुसार बेरोजगारी ४५ वर्षकै उच्च

गत मेमा केन्द्रले एनएसएसओको आवधिक श्रम शक्ति सर्वे रिपोर्ट सार्वजनिक गरेको थियो । यस रिपोर्टमा २०१७–१८ को दौरान बेरोजगारी दर ४५ सालमै सबैभन्दा बढी ६.१ प्रतिशत बताएको थियो । शहरी र ग्रामीण क्षेत्र मिलाएर पुरुषको बेरोजगारी दर ६.२ प्रतिशत र महिलाको ५.७ प्रतिशत रहेको बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप