रामोशको किर्तिमान
स्पेनका कप्तान सर्जियो रामोश आफ्नो देशलाई सबैभन्दा बढी खेलमा प्रतिनिधित्व गर्ने युरोपको आउटफिल्ड पुरुष खेलाडी बनेका छन् ।
शनिबार राती नर्वेबिरुद्धको खेलमा सहभागिता जनाउँदै रामोशले सो किर्तिमान बनाएका हुन् ।
१६८ औँ खेलमा प्रतिनिधित्व जनाउँदै उनले इकर कासियासलाई उछिनेर स्पेनका लागि सबैभन्दा बढी प्रतिनिधित्व गर्ने खेलाडी पनि बनेका हुन् ।
खेलमा स्पेन नर्वेसँग १–१ को बराबरीमा रोकिए पनि सन् २०२० को युरो कपको नजिक पुगेको छ ।
साउन निग्वेजले स्पेनलाई अग्रता दिलाए पनि इन्जुरी समयमा नर्वेले पाएको पेनाल्टीलाई जोस किङले गोलमा परिणत गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।
समूह एफमा अब मंगलबार स्वीडेनसँग बराबरी खेले मात्र पनि स्पेन युरो कपका लागि छनौट हुनेछ ।
‘व्यक्तिगत उपलब्धिहरु सहायक हुन्छन्,’ रामोशले भने, ‘पाएको भए यो १६८ औँ प्रतिनिधित्वलाई म टोलीको जीतसँग साट्न चाहन्थे । तर त्यस्तो भएन । यो किर्तिमान मेरो लागि ठूलो पुरस्कार हो र गर्वको विषय पनि ।’
‘यो जर्सी लगाउँदा म जहिले पनि भावुक हुन्छु । यो कहिल्यै परिवर्तन हुनेछैन र अझै धेरै वर्ष जारी राख्न पाऊँ भन्ने आशा गर्दछु ।’
लगातार सातौँ जीततर्फ अघि बढेको स्पेनका गोलकिपर केपा करिजाबालागाले ओमार एलाब्डेलाओइलाई डि एरियामा लडाउन पुगेका थिए । बोर्नेमाउथका किङले ९४ औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै नर्वेलाई खेलमा फर्काए ।
३३ वर्षीय रियल म्याड्रिड कप्तान रामोशले सन् २००५ मा स्पेनका लागि डेब्यु गरेका थिए । स्पेनको सुनौलो युगको प्रतिनिधित्व गरेका रामोशले विश्वकप र दुई युरोपियन कप जित्न सफल भएका छन् ।
अब उनी जियानलुइजी बुफोनको १७६ अन्तर्राष्ट्रिय प्रतिनिधित्वको किर्तिमानलाई उछिन्न मात्र ८ खेलले पछि छन् ।
विश्व किर्तिमानलाई उछिन्न भने रामोशलाई अझै केही समय लाग्नेछ । इजिप्टका पूर्व मिडफिल्डर अहमद हसानले सन् १९९५ देखि २०१२ सम्म खेल्दै १८४ पटक देशका लागि प्रतिनिधित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
-
जुम्लामा आगलागी हुँदा दुई घर नष्ट