बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवल मिनी मेलम्चीः झुम्सा खानेपानी आयोजना २४ वर्षदेखि अलपत्र

आइतबार, २६ असोज २०७६, ०७ : ४६
आइतबार, २६ असोज २०७६

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन ।

लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन् । २०५२÷०५३ सालमा पाल्पाको सिस्ने खोलाबाट पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो ।

२३ वर्षमा धेरैवटा सरकार फेरिए । बुटवलबाट धेरैजना नेता सांसद, मन्त्री भए । 

यो आयोजनाको नियति फेरिएन । सफा र शुद्ध पानी खाने बुटवलवासीको सपना कहिल्यै पूरा भएन । नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप