जापानमा शक्तिशाली आँधी : नेपाली दूतावासले भन्यो, ‘नेपालीहरु सुरक्षित छन्’
काठमाडौं – जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ ।
टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।
‘ जापानमा आएको शक्तिशाली आँधीबाट यहाँको राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेका छन् । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने ।
जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको छ । जसबाट राजधानी टोकियो, नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् ।
दूतावासका अनुसार जापानमा करिब ९० हजार नेपाली रहेको छन् । २ सय १६ किलोमिटर प्रतिघन्टाको दरमा आँधीका आएको थिथयो । जसका कारण उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् भने अधिकांश क्षेत्र जलमग्न भएको छ ।
आँधीका एक व्यक्तिको मृत्यु भएको छ भने झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।