स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास पड्कियो, ४ जना घाइते
जनकपुरधाम । संघीय सरकारका एक राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्किदा महोत्तरीमा चार जना घाइते भएका छन् ।
शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी भएका थिए ।
सो कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो । विस्फोटमा परी सोही वडाका २७ वर्षिय ओम प्रकाश (सरोज) यादव, २८ वर्षिय कौशल यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् ।
घाइतेहरुको गौशाला स्थित एक पोलिक्लिनिकमा प्राथमिक उपचारपछि अहिले जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ ।
उपचाररत ४ जना मध्ये ओम प्रकाश यादव र कौशल यादवलाई गम्भिर घाइते भएका छन् । सन्तेष पासवान र रिकेश यादवको अवस्था भने सामान्य रहेको जानकी हेल्थ केयरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन : प्रधानमन्त्री ओली
-
जीवन-एक प्रवाह एक शृङ्खला सार्वजनिक
-
पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ
-
राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई
-
शिक्षक सरुवाको आक्रोशमा नगरपालिका र मेयरको घर तोडफोडमा संलग्न १० जना माथि मुद्दा, मुख्य योजनकार पक्राउ
-
डोटीमा किबीखेती विस्तार गरिँदै