बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न राष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुग्ने

शनिबार, २५ असोज २०७६, १२ : ०९
शनिबार, २५ असोज २०७६

काठमाडौँ । दुई दिने भ्रमणका लागि शनिबार (आज) नेपाल आउन लागेका चीनका राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो स्वागत गर्ने भएकी छिन् ।

राष्ट्रपति भण्डारीको पहिलो स्वागतपछि चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री केपी ओलीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँगको भेट त्रिभुवन विमानस्थलमै हुनेछ ।

सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाले सम्मानस्वरुप (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम राखिएको छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । विमानस्थलमै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछन् । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा पुग्नछन् ।

तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप