राष्ट्रपति सी हिड्ने सडकको निरीक्षण गर्न आफै निस्के प्रधानमन्त्री ओली

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् ।
सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझ्नुको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपराह्न काठमाडौँ आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का