नेपाल–चीन शैक्षिक सम्बन्ध, साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति

नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् ।
नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन् । निजी लगानीमा उच्च शिक्षा अध्ययनका साथै चीन सरकारबाट बर्से्नि सयौँ विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । सन् १९५८ बाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको चीन सरकारले हालसम्म साढे छ हजार नेपालीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिसकेको छ ।
चीन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत वर्ष उच्च शिक्षाका लागि ५० सिट उपलब्ध गराएको थियो । मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाका अनुसार इन्जिनियरिङका लागि २६, कृषिका लागि छ, वनका लागि चार, विज्ञान तथा प्रविधिका लागि पाँच र मानविकीका लागि एक जनालाई छनोट गरी पठाइएको थियो ।
उनीहरूले स्नातकोत्तर तहका लागि छात्रवृत्ति पाएका थिए । आठ जनाले विद्यावारिधिका लागि पनि छात्रवृत्ति प्राप्त गरेका थिए । स्नातकोत्तर तहका लागि दुईदेखि तीन वर्ष र विद्यावारिधिका लागि बढीमा पाँच वर्षका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यो समाचार गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका