शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपमेयरलाई सडेको चाउमीन !

शुक्रबार, २४ असोज २०७६, १८ : ५६
शुक्रबार, २४ असोज २०७६

बर्दिवास – महोत्तरीको बर्दिवासमास्थित होटल शिशमहलमा शुक्रकबार बर्दिवस नगरपालिकाकी उपमेयर कृष्णमाया गौतमलाई खान दिएको चाउमीन सडेको भेटिएको छ ।

नगर बाल संजालद्वारा आयोजित बालिका संरक्षण सम्वन्धी साझा सम्वाद कार्यक्रममा उक्त हटोलले सडेको चाउमीन दिएको उपमेयर गौतमले बताइन् । सडेको चाउमीन खाजा दिएपछि नखाई उपमेयरलगायत कार्यक्रममा सहभागी बाहिरिएका थिए । 

उपमेयरको संयोजकत्वमा नगरपालिकाले चाड पर्वलाई लक्षित गरि बजार अनुगमन गरे पनि त्यसको प्रभावकारिता खासै नदेखिएको घटनाले पुष्टि  गर्दछ । घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई ३ दिनभित्र कडा कारवाही गरिने बताइन् । 

यसैगरि अखाद्य वस्तु विक्री गर्ने हाटल शिशमहलका संचालक दिपेन्द्र पराजुली राष्ट्रिय उपभोक्ता मंन्च महोत्तरीका अध्यक्ष हुन् । उनी बर्दिवास नगरपालिकाको बजार अनुगमन समितीका सदस्य पदमा समेत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप