शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

शुक्रबार, २४ असोज २०७६, १७ : ०४
शुक्रबार, २४ असोज २०७६

काठमाडौंँ – स्थानीय  जलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक गुणनिधी लम्साल भक्तपुरको कमलबिनायकमा रहेका आफ्ना बिरामी भिनाजु भेटनको लागि शुक्रबार बिहान सिपाटारबाटबाट बस चढे । 

दसैंमा टीका थाप्न आएका उनका ज्वाइँ समेत बसमा सँगै यात्रा गर्दै थिए । बस कोचाकोच थियो । अन्तिमको भन्दा अगाडिको सिटमा लम्साल बसेका थिए । ‘दुर्घटना हुनुभन्दा अगाडि बस तीव्र गतिमा कुदयो,  त्यसपछि रोकिए जस्तो भयो,’ धुलिखेल अस्पतालमा उपचाररत लम्सालले रातोपाटीसँग भने ।

बसले दुइ–तीन बल्ड्याङ खायो, तल पुगेर रोकियो, यति हुँदासम्म पनि लम्साललाई खासै चोट लागेको थिएन । उनको औला र शरीरमा केही चोटमात्र लागेको थियो । उनले दुर्घटनाको स्मरण गर्दै भने, ‘बाहिर निस्केपछि हेर्दा हेरिसक्नु भएन, मैले फोनबाट अरुलाई जानकारी गराए ।’


दसैं भएकाले अधिकास गाउँबाट काठमाडौ फर्कने, माइती, मामाघर, ससुराली र आफन्तका गएकाहरु घटना परेका छन्  । काठमाडौंँको जोरपाटीमा रहेको मनकामना स्कुल पढने कृति कुँवर र उनकी बहिनी रक्षा (ठुली ममिकी छोरी) सिपापोखरे मामाघरमा दशै मनाउन गएका थिए । बस खस्दा कृतीलाई अरु कसैले झ्यालबाट बाहिर फालिदियो ।

बहिनी भने भित्र नै भइन । तर भाग्ने क्रममा उनी सानी भएकाले धेरैले कुल्चिए । मुहार र अन्यत्र सामान्य चोट भएका कुँवर दिदिबहिनी एउटै पोशाकमा थिए । बसमा सवार प्रत्यक्षदर्शीका अनुसार बसमा ८० बढी यात्रु थिए ।

कच्ची सडक क्षमता भन्दा चौब्बर यात्रु र यान्त्रिक खराबीका कारण बस दुर्घटना भएको स्थानीयको भनाइ छ । शुत्रबार विहान सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटना अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौ आउदै गरेको बस इद्रावती गाउँपालिका-१० तिखुको मोडमा बस दुर्घटना भएको थियो । सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।घाइतेहरुको स्थानीय स्वास्थ केन्द्र, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप