शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढीमाई नगरपालिकामा विद्युत् पुग्दा खुशीयाली

शुक्रबार, २४ असोज २०७६, १६ : ३६
शुक्रबार, २४ असोज २०७६

सिरहा – सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा विद्युत सेवा पुगेपछि स्थानीयको वर्षौदेखिको विजुली बाल्ने सपना साकार भएको छ । 

भौगोलिक विकटताका कारण नगरपालिकाको अथक प्रयासपछि त्यस क्षेत्रका कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचोरी लगायतका ठाउँमा विद्युत सेवा पुगेको हो । विजुली अभावमा यसअघि यहाँका स्थानीयले टुकी र सानो सोलारबाट जीवन नर्वाह गर्दै आएका थिए । विद्युत सेवा पुगेपछि वडाका सयौं घरधुरी लाभान्वित भएका छन् ।

धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले विजुली वत्तिको उद्घाटन गर्दै एक वर्षभित्र अँध्यारोमुक्त वडा घोषणा गर्ने आश्वसन दिए । नगरपालिका र विद्युत् प्राधिकरणको समन्वयमा उक्त वडामा विद्युत सेवा विस्तार गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप